२०७९ आश्विन ११
September 27, 2022, Tuesday

विदेशी नागरिकले तिर्ने हवाई भाडादर घट्यो

विदेशी नागरिकले तिर्ने हवाई भाडादर घट्यो

काठमाडौं ।  बुद्ध एयरले विदेशी पर्यटकका लागि ‘डलर भाडादर’ घटाएको छ। 

बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी डलर फेयर घटाउने निर्णय गरेको हो ।नेपालमा हवाई यात्रा गर्दा भारतीय बाहेक विदेशी यात्रुले डलरमा भाडा तिर्नुपर्ने प्रावधान छ। कम्पनीका अनुसार डलर फेयर करीव ५० प्रतिशत हाराहारी घटाउने निर्णय भएको हो ।

यस अघि पोखराका लागि १०६ अमेरिकी डलर भाडा रहेकोमा २०२२ जनवरीदखि ६५ अमेरिकी डलरमा झारिएको एयरले जानकारी दिएको छ

यस्तो हुनेछ परिमार्जित भाडादर

काठमाडौं–पोखरा : ६५ डलर

काठमाडौं–विराटनगर : ७६ डलर

काठमाडौं–जनकपुर : ४२ डलर

काठमाडौं–सिमरा : ३० डलर

काठमाडौं–भैरहवा : ६५ डलर

काठमाडौं–धनगढी : १३८ डलर

काठमाडौं–नेपालगन्ज : १०२ डलर

काठमाडौं–भद्रपुर : ९४ डलर

Related News

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ कार्तिक १, सोमबार ०८:५५

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ कार्तिक १, सोमबार ०८:५५

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
  • २०७८ कार्तिक १, सोमबार ०८:५५

अछाम, नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी...

TOP