काठमाडौं । सेयर बजार प्रभावित भएको छ । नेप्से सूचक ६९.५१ अंकले घटेको हो । यस घटाईपछि सूचक २५८७.४५ विन्दुमा अडिएको छ । खरिदबिक्री रकम २ अर्ब ९६ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।
कारोबार सुरु भएसँगै निरन्तर घटेको नेप्से ७२ अंकसम्मले घटेको थियो, तर अन्तिम समयमा केही सम्हालिएर नेप्से ६९ अंकले घट्न पुगेको हो । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४३ अंकले घटेको छ ।आज कारोबारमा आएको व्यापार समूह बाहेक सबै समूहको सूचक घटेर राताम्मे बनेको छ ।
बैंकहरुले ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धा गरेपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको हो । तर सबै बैंकले ब्याज बढाएका छैनन् । कतिपयले अघिल्लो महिनाभन्दा ब्याजदर सस्तो पनि बनाएका छन् । तर यही ब्याजदरको बाहनामा बजारमा ठूलै गिरावट आइसकेको छ ।
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...
काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...
काठमाडौं- सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ तिर्नु पर्ने अवस्था आएको छ । सकारले डिजेलको भाउ बढाएपछि सार्वजनिक यातायातका साधनको...