काठमाडौं । देशभर आजको मौसममा पनि सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेका कारण भइरहेको वर्षा रोकिन समय लाग्ने भएको हो ।
मंगलबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थानर तथा बागमती प्रदेशका एक दुई स्थानमा भीषण वर्षा हुने महाशाखाले जनाएको छ ।
वर्षासँगै उच्च पहाडी भू–भाग र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । भारी हिमपातको सम्भावना नरहे पनि हल्का हिमपातको सम्भावना छ । हिमपातको सम्भावना रहेकाले तत्काल ट्रेकिङ नगर्न मौसमविद्को सुझाव छ ।
अहिले बिहान देशका अधिकांश भू–भागमा सामान्य बदली रही देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे छ ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको स्यार्पु तालको पर्यटन पवर्द्धन गर्नका लागि स्यार्पु पर्यटन...