काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेकै शैलीमा केन्द्रीय संरचनाहरु गठन गरेको छ।
आज बसेको स्थायी कमिटीको बैठकले १४९ जनाको सल्लाहकार समिति बनाएको छ । त्यस्तै, ९९ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
सल्लाहकार समितिको सभापति भने अर्को बैठकले चयन गर्ने स्थायी कमिटी सदस्य पेशल खतिवडाले जानकारी दिए । सोही बैठकले खतिवडाको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय लेखा समिति गठन गरेको छ ।
बैठकले अनुशासन आयोगको अध्यक्ष टंक राईलाई बनाएको छ । उक्त कमिटी पनि २५ सदस्यीय छ ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...