२०८० जेष्ठ २२
June 5, 2023, Monday

बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकै दिन करिब ५० हजार संक्रमित

बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकै दिन करिब ५० हजार संक्रमित

काठमाडौं ।  बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको बताइएको छ । यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् ।बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । सोमबार यहाँ ४९ हजार १५६ जना सङ्ंक्रमित देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यो संख्या यहाँ महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केहीदिनमा यहाँ संक्रमण झन् बढेको पाइएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ८५ लाख पुगेको पनि जनाएका छन् ।यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा ४५ जनाको निधन भएको छ । यो समेतगरी यहाँका १ लाख ३८ हजार भन्दा धेरै मानिसको यो सङ्क्रमणबाट ज्यान गएको छ ।

महिनौँपछि यहाँ ठूलो संख्याका सङ्क्रमितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ ।यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । रासस

Related News

इरानबाट दुई हजार १०६ जना अफगानिस्तानी शरणार्थी स्वदेश फर्किए
इरानबाट दुई हजार १०६ जना अफगानिस्तानी शरणार्थी स्वदेश फर्किए
  • २०७८ कार्तिक २, मंगलवार १०:५७ गते

 अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत छिमेकी इरानबाट कुल दुई हजार १०६ जना अफगानिस्तानी शरणार्थी शनिबार स्वदेश...

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा
पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा
  • २०७८ कार्तिक २, मंगलवार १०:५७ गते

दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम...

रुस युक्रेन युद्धको बिरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन
रुस युक्रेन युद्धको बिरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन
  • २०७८ कार्तिक २, मंगलवार १०:५७ गते

रुस– युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा अनौठा बिरोध प्रर्दशन भएको छ ।  जसअनुसार बिहीबार एक व्यक्तिले युक्रेनको समर्थनमा...

TOP