कैलाली । महाकाली नदीको टापुमा फसेकाहरुलाई हेलिकप्टरबाट उद्धार गरिँदै छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फार्म सञ्चालन गर्दै आएका पाँच जना महाकाली नदी र स्थानीय खहरे खोलाको बीच टापुमा फसेका छन् ।
उनीहरुको उद्धारकाे लागि हेलिकप्टर मगाइएको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले बताइन् ।‘हामी महाकाली क्षेत्रमै छौं’ जोशीले भनिन्, ‘ यहाँ अलपत्र रहेकाहरुलाई उद्धार गर्न हेलिकप्टर आउदै छ । एकै परिवारका उनीहरु अहिले रूखमा चढेर ज्यान जोगाइरहेका छन् ।’
महाकाली नदी र खहरे खोलामा बाढी आउँदा मुसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुमा फसेका छन् ।
सेती नदी तटीय क्षेत्र ढुंगाड पुरै जलमग्न भई८० ९० भन्दा पनि बढी मानिसको ज्यान जोखिमपूर्ण अवस्थामा रहेको छ ।
काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...
काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र...
काठमाडौँ, शहीद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका...