२०७९ चैत्र १०
March 24, 2023, Friday

मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं ।  वीरगंज महानगरपालिका-१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका-३ ठेगाना भएका २३ वर्षीय मोहम्द आशिक र सोही ठाउँ ठेगाना भएका २३ वर्षीय आनिष हवारी रहेका छन् । सोही महानगरपालिका-१५ चालिस फिट्टे सडक अगाडिबाट असोज १३ गते उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ बनाई चलाइरहेको अवस्थामा वीरगंज महानगरपालिका-१६ बसपार्कमा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

साथै उनीहरुले नक्कली साँचो बनाई मोटरसाइकल चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरु उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related News

इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व सुरु
इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व सुरु
  • २०७८ कार्तिक २, मंगलवार ०९:०२ गते

काठमाडौं, इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार...

नेपाल प्रहरीमा ४ एआईजीका लागि प्रतिस्पर्धामा ११ डीआईजी
नेपाल प्रहरीमा ४ एआईजीका लागि प्रतिस्पर्धामा ११ डीआईजी
  • २०७८ कार्तिक २, मंगलवार ०९:०२ गते

काठमाडौ, नेपाल प्रहरीमा शनिबारदेखि ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) रिक्त हुने भएको छ। हालका तीन एआईजी अवकाश हुने र एक...

यातायात कार्यालयमा भ्रष्टाचार अभियोगमा तीन उपसचिवलाई आठ वर्ष कैद
यातायात कार्यालयमा भ्रष्टाचार अभियोगमा तीन उपसचिवलाई आठ वर्ष कैद
  • २०७८ कार्तिक २, मंगलवार ०९:०२ गते

काठमाडौँ, विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात...

TOP