जनकपुरधाम । लगातारको वर्षाका कारण जनकपुरधाम जलमग्न भएर छ । सोमबार मध्य रातिदेखि परेको वर्षाले जनकपुर जलमग्न भएको हो ।
पसलहरुमा पानी पसेर व्यावसायीहरु समस्यामा परेको जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार संघ, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी कार्यालय जनकपुरधाम, प्रदेश प्रहरी कार्यालय र जनकपुर विमानस्थलमा पनि पानी जमेको छ ।
वर्षाले अहिलेसम्म जिल्लामा कुनै किसिमको मानविय क्षति नभएको प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए । यद्यपि क्षति विवरण संकलन गर्न प्रहरीलाई परिचालन गरिएको उनको भनाई छ ।
काठमाडौं, नियमावली मस्यौदा समितिको सोमबार बसेको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रमा सदनलाई उपलब्ध...
काठमाडौं, सत्ता सहकार्य थालेको एक महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच खटपट सुरु भएको छ । पुष...
काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...