२०७९ भाद्र २
August 18, 2022, Thursday

लगातार परेको पानीका कारण सेती नदीमा पनि बाढी ,सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह

लगातार परेको पानीका कारण सेती नदीमा पनि बाढी ,सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह

कैलाली । लगातार परेको पानीका कारण सेती नदीमा पनि बाढी आएको छ। सेती नदीमा पानीको बहाव ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’भन्दा माथि हो ।

बाढीको सतहले पुल छोएपछि आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए ।

नदी आसपासका बस्तीमा खतरा बढेको छ ।दिपायल सिलगढी नगरपालिका २ स्थित पुल बजार पनि डुबानमा रहेको छ । भागेगडामा रहेको कृषि ज्ञान केन्द्र पनि जोखिममा रहेको छ।तीन दिनदेखिको लगातारको वर्षाका कारण नदीमा बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । 

Related News

धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
  • २०७८ कार्तिक २, मंगलवार ०६:३५

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...

प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
  • २०७८ कार्तिक २, मंगलवार ०६:३५

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...

१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
  • २०७८ कार्तिक २, मंगलवार ०६:३५

मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...

TOP