२०८० आश्विन १४
October 1, 2023, Sunday

पश्चिमबाट पूर्वतर्फ सर्यो वर्षा

पश्चिमबाट पूर्वतर्फ सर्यो वर्षा


काठमाडौं ।  नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ ।

गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ । आज रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, २, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना छ ।

भोलि बिहीबारबाट भने मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा नहुने हुँदा ठाउँठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको उहाँले बताउनुभयो । उहाँको अनुसार आगामी बिहीबारदेखि मौसममा सुधार हुँदै जाने छ ।

हाल देशको प्रदेश १, २, बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको जलतथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । ती प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । रासस

Related News

युवा संघद्वारा `राष्ट्रिय श्रम अभियान´ को सुरुवात
युवा संघद्वारा `राष्ट्रिय श्रम अभियान´ को सुरुवात
  • २०७८ कार्तिक ३, बुधबार ०३:३४ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) निकट युवा संघ नेपालले `राष्ट्रिय श्रम अभियान´ को सुरु गरेकोछ। आज...

डा.बिजयको टोलिले मृगौला प्रत्यारोपणमा सफलता हासिल गर्दै
डा.बिजयको टोलिले मृगौला प्रत्यारोपणमा सफलता हासिल गर्दै
  • २०७८ कार्तिक ३, बुधबार ०३:३४ गते

काठमाडौ ! एकैपटक चारजना ब्यक्तिको मृगौला साटासाट गरि सल्यक्रिया गर्नु भनेको निकै चुनौती पुर्ण कार्य हो । गत साता सुमेरु...

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट
काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट
  • २०७८ कार्तिक ३, बुधबार ०३:३४ गते

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । चन्द्रागिरि नगरपालिका(११ मा रहेको...

TOP