काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले लगातारको वर्षाका कारण आएको बाढी–पहिरोबाट मारमा परेका किसानलाई सहायता कोष खडा गरेर राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
धानवाली भित्र्याउने समयमा परेको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीमा ठूलो क्षति पुगेकाले सरकारले राहतको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
‘प्रचण्ड’ले बुधबार एक विज्ञप्ति जारी गर्दै बाढी–पहिरोमा फसेकाहरूको उद्धार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन विशेष अनुरोध पनि गरेका छन् ।
बाढी पहिरोमा परी बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था सरकारले मिलाउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
धानबाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धानलगायत बालीनालीको ठूलो क्षति भएको उनले उल्लेख गरेका छन् । “बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु,” विज्ञप्तिमा भनिएको छ ।
सुर्खेत – कालिकोट नरहरिनाथ–९, लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्ययनरत १४ वर्षीय विनोद विक १७ दिनदेखि...
काठमाडौं । कास्की र गोरखामा आज भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस आसपास...
८ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जहिले पनि भन्ने गर्छन् ‘विद्युत प्रसारण लाइनको एउटा टावर...