काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका छन् ।
आफू प्रधानमन्त्री भएपछि सरकारी मुखपत्र गोरखापत्रलाई पहिलो अन्तर्वार्ता दिँदै देउवाले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर परमादेश र १६५ सांसदले विश्वासको मत दिएर सरकारलाई जनादेश दिएको बताए ।
गोरखापत्रको एक प्रश्नमा देउवाले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर मलाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।
त्यसैगरि प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सम्झौता (एमसीसी)मा करेक्सन गर्न अमेरिका तयार रहेको बताएका छन् ।केही तत्वले एमसीसी अनुमोदनमा बखेडा झिकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभएर अनुदान रहेको स्पष्ट पारे ।
एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएको बताउँदै देउवाले भनेका छन्, ‘एमसीसी नेपाललाई दिइएको ग्रान्ट हो । ब्याजमा होइन यो । ऋण होइन, अनुदान हो । केही तत्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन् । त्यसैले एमसीसी विशुद्ध नेपालको हितमा छ ।’
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...