२०८१ बैशाख ८
April 20, 2024, Saturday

सेनाको बसमा बम विस्फोट: तेह्रको मृत्यु

सेनाको बसमा बम विस्फोट: तेह्रको मृत्यु

सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ ।

राजधानीको एउटा प्रमुख पुलमा दुई विस्फोटक पदार्थ प्रयोग गरी आतंककारीहरुले सैनिक बसलाई लक्ष्यगरी गराएको बम विष्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु हनुको साथै अन्य तीन जना घाइते भएका जनाएको छ ।

दमासकसमा हालैका वर्षहरुमा केही हदसम्म हिंसा कम भएको थियो । इस्लामिक स्टेट्स ९आइएस० जिहादी समूहले २०१७ को मार्चमा जस्टिस प्यालेसलक्षित बम विस्फोट गराएपछि कम्तीमा ३० जना मारिएका घटनापछि राजधानीमा भएको यो सबैभन्दा घातक आक्रमण हो । यस बम आक्रमणको हाल कुनै पनि समूहले जिम्मेवारी लिएको छैन् । तर विगतमा यस्ता हमलाहरुको आईएस जिहादी समूहले दाबी गर्ने गरेका थिए ।

दशकौं पुरानो युद्ध सकिएको र पुनर्निर्माण प्रयासलगायत लगानी परियोजनाहरु शुरू गर्न को लागी स्थिरताको ग्यारेन्टी गरेको सरकारलाई पछिल्लो बम विष्फोटले चुनौती दिएको छ । राष्ट्रपति बशर अल असदको सरकारले आफूलाई अन्तराष्ट्रिय स्तरबाट अलग भएको यस अवस्थालाई बाहिर निकाल्ने कोशिस गरिरहनु भएको छ र हालैका महिनाहरुमा यसमा प्रवेश पाएको छ ।रासस

Related News

म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
  • २०७८ कार्तिक ३, बुधबार ०९:२० गते

याङ्गुन (म्यान्मा), वैशाख ३ गते । मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै...

पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
  • २०७८ कार्तिक ३, बुधबार ०९:२० गते

इस्लामावाद, चैत २९ गते । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५...

मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
  • २०७८ कार्तिक ३, बुधबार ०९:२० गते

काठमाडौँ । अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको...

TOP