काठमाडौं । अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स आइएस का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् ।
अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ ।
“पछिल्लो एक महिनामा आइएस समूहसँग सम्वन्धित झण्डै २५० लडाकूलाई सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्,” टोलो न्युज टेलिभिजन च्यानलमा तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भन्नुभयो ।
पक्राउ परेका केही लडाकूसँगै आक्रमणका लागि प्रयोग हुने विस्फोटक पदार्थ तथा हतियारहरु समेत बरामद गरिएको उहाँको भनाई छ । आइएस लडाकूहरुले अफगानिस्तानमा आक्रमणको तयारी गरिरहेको पनि समाचारमा जनाइएको छ ।रासस
एजेन्सी, भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको...
एजेन्सी, सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९...
एजेन्सी, अफगानिस्तानको फैजावाद केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ...