२०७९ आश्विन ११
September 27, 2022, Tuesday

बाढी पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम भ्रमणमा

बाढी पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अविरल वर्षापछि आएको बाढी र पहिरोका पीडितलाई भेट्न आज गृहप्रदेश सुदूरपश्चिम जाँदैछन् । उनीसँगै पर्यटनमन्त्री प्रेम आले पनि हुनेछन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्‍याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिने उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवासहितको टोली अहिले बिहान काठमाडौंबाट सुर्खेतका लागि उडेको छ । प्रधानमन्त्रीसहितकाे टाेलीले डाेटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा बाढीपहिराे तथा डुबान प्रभावित क्षेत्रकाे हवाइ निरीक्षण गर्ने कार्यक्रम छ । 

Related News

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ कार्तिक ४, बिहीबार ०९:११

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ कार्तिक ४, बिहीबार ०९:११

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
  • २०७८ कार्तिक ४, बिहीबार ०९:११

अछाम, नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी...

TOP