सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोबाट भएको क्षतिको अध्ययन गरेर थप राहतको व्यवस्था गर्ने आश्वासन दिएको दिएका छन् ।
बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण गएका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको भन्दै समयमै राहत उपलब्ध गराउने बताए ।
जलवायु परिवर्तनका असरले गर्दा यस्ता बेमोसमी वर्षा गराएको भन्दै उनले यसबारेमा अन्तर्राष्ट्रिय जगतमा कुरा राख्ने बताए। ‘जलबायु परिवर्तनले नेपाललाई पनि ठूलो असर गरेको छ उनले भने, ‘यस विषयमा पनि अन्तर्राष्ट्रिय जगतमा कुरा राख्छु।’बेमौसमको वर्षाले नेपालमा अपूरणीय क्षति गराएको प्रधानमन्त्री देउवाले बताए ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई...