काठमाडौं । बोलिभियाको लापाजमा सावरी दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा यो दुर्घटनामा भएको बताइएको छ । बोलिभियाको लापाजनजिकैको हाउनी नगरको सडकमा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी ज्यान जानेमा यहाँको खानीमा काम गर्ने मजदुरका तीन जना नेता पनि परेका छन् । मजदुरसम्बन्धी कार्यक्रममा पुगेर फर्किने क्रममा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
प्रहरीले दुई सवारी साधन एक आपसमा ठोक्किन पुग्दा सो दुर्घटना भएको बताएको छ । यसक्रममा अरु दुई जना नराम्ररी घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ ।
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...
हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...