२०७९ मंसिर १६
December 2, 2022, Friday

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

काठमाडौं ।भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ।

बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएको उल्लेख गरिएको थियो भने बिहीबार त्योभन्दा चार हजार बढी देखिएको छ ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ४५४ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

सोही अवधिमा १७ हजार ५१६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा पनि बृद्धि भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या एक लाख ७८ हजार ८३१ रहेको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको कूल संख्या तीन करोड ३४ लाख ९५ हजार ८०८ पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १०० करोडभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।रासस

Related News

चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन
चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन
  • २०७८ कार्तिक ४, बिहीबार १३:४१ गते

एजेन्सी, चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन भएको छ। सिन्ह्वाका अनुसार उनको सांघाईमा निधन भएको हो। उनी ९६ वर्षका थिए। बुधबार...

भारतले चामल निर्यातको प्रतिबन्ध हटायो
भारतले चामल निर्यातको प्रतिबन्ध हटायो
  • २०७८ कार्तिक ४, बिहीबार १३:४१ गते

एजेन्सी, भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो ।...

भारी वर्षा र चिसोले रुस र युक्रेनी सैनिक समस्यामा, युद्ध कम हुने आसा
भारी वर्षा र चिसोले रुस र युक्रेनी सैनिक समस्यामा, युद्ध कम हुने आसा
  • २०७८ कार्तिक ४, बिहीबार १३:४१ गते

एजेन्सी, भारी वर्षा र घट्दो तापक्रमले रुस र युक्रेनका सैनिक समस्यामा परेका छन् । दुई देशबीच युद्ध भइरहेकाले कठिन अवस्थाको...

TOP