२०८० आश्विन ४
September 21, 2023, Thursday

सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला

सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला


सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एकसय अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन९आइपिओ०को शेयर बिक्री खुल्ला गरेको हो ।

निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको छ लाख ७८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आजदेखि आवेदन दिन पाउने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले यही कात्तिक ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए कात्तिक १८ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले हाल इलाम जिल्लाको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका क्षेत्रमा पर्ने माइखोलामा कूल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणको कूल अनुमानित लागत रु दुई अर्ब हुने र प्रतिमेगावाट लागत रु २१ करोड तीन लाख पाँचहजार हुने जनाइएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरका लागि आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा ईक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आईआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ ।

Related News

साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार
साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार
  • २०७८ कार्तिक ४, बिहीबार १३:५९ गते

शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ३४ अङ्कले...

दोहोरो अंकले बढ्यो बजार, हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण
दोहोरो अंकले बढ्यो बजार, हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण
  • २०७८ कार्तिक ४, बिहीबार १३:५९ गते

साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । यस दिन परिसूचक १६ दशलमव २४...

वाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
वाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
  • २०७८ कार्तिक ४, बिहीबार १३:५९ गते

 असोज महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर...

TOP