२०८१ बैशाख ८
April 20, 2024, Saturday

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक÷पर्यटकलाई उद्धार गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिनुभएको हो ।

“लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य मुलुकका नागरिक अलपत्र परेको खबर आइरहेको छ, उनीहरूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला”, गृहमन्त्री खाँणले भन्नुभयो । वर्षाका कारण हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा घुम्न गएका पर्यटक अलपत्र भएका समाचार सार्वजनिक भएका छन् ।रासस

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ कार्तिक ४, बिहीबार ०८:२६ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ कार्तिक ४, बिहीबार ०८:२६ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
  • २०७८ कार्तिक ४, बिहीबार ०८:२६ गते

सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो । ...

TOP