काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा एमसीसीबारे गलत प्रचार गरिएको जिकिर गरेका छन् । एमसीसी सम्झौता संसदबाट पास गर्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले गलत प्रचार राेक्नुपर्ने बताए।
बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताए ।
एमसीसी के हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने, ‘पास गर्ने हो।’ ‘यसमा केही छँदै छैन भने, एमसीसी नेपालको कानुनभन्दा माथि हैन भनेर उनीहरूले भनिसकेका छन् । यो त अनुदान हो ऋण हैन नी । सित्तैमा पैसा दिन्छु भन्दा पनि चाहिँदैन भन्छन् यहाँ ।’
प्रधानमन्त्री देउवाले वैशाखमा निर्वाचन गराउनेबारे गठबन्धनमा छलफल गरेर मात्रै निर्णय लिने प्रष्ट पारे । अनुदानको कार्यक्रममा धेरै होहल्ला गरेकोमा देउवाको असन्तुष्टि थियो ।
काठमाडौं, नियमावली मस्यौदा समितिको सोमबार बसेको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रमा सदनलाई उपलब्ध...
काठमाडौं, सत्ता सहकार्य थालेको एक महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच खटपट सुरु भएको छ । पुष...
काठमाडौं, दुई दिने नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि...