काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको कार्यक्रममा बोल्दै थापाले सरकार गठनको १ सय दिनसम्म पनि जनतामा आशा जगाउन काम हुन नसकेको टिप्पणी गरेका हुन् ।
कांग्रेस नेतृत्वको सरकारलाई काम नगर्ने वा समय खेर फाल्ने छुट नरहेको भन्दै थापाले सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने बताए । ‘धेरै राजनीतिक परिवर्तन पछिका धेरै समय हामीले खेर फालेका छौं । हामीले यो मौका पनि खेर फाल्दैछौं की भनेर डर लागेको छ । सरकारले कामको लय पक्रन सकेको छैन’, थापाले भने ।
थापाले नेपालमा रोजगारी सिर्जना गराउनुनै अहिलेको महत्त्व र आवश्यकता भएको बताएका छन् । “शेरबहादुर देउवा नेतृत्त्वको सरकारले एकवर्ष सरकार सञ्चालन हुँदा मैले यति रोजगारी सिर्जना गरेर कतार कोरियालगायत देशमा भएका जनशक्तिलाई नेपाल फर्काएँ भनोस् अनि मात्र भोट माग्न जाँदा गौरव गर्न सकिन्छ,” उनले भने ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।...