२०७९ चैत्र १९
April 2, 2023, Sunday

पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग

पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग

काठमाडौं । महाकाली नदीको निर्माणाधीन पुल जोड्ने पहुँचमार्गअन्तर्गत निर्माण गरिएको कालोपत्र सडक बग्नुको कारणबारे छानबिनको माग गरिएको छ । गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी सडक निर्माण गरिएको गुनासो आएको भन्दै राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनले छुट्टाछुट्टैरूपमा विज्ञप्ति जारी गरी छानबिनको माग गरेका हुन् ।

नेकपा ९एमाले० भीमदत्त नगर कमिटीका अध्यक्ष रमेश तिरुवा र सचिव भगतसिंह विकले विज्ञप्ति जारी गर्दै पहुँचमार्ग बग्नुको कारणबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “महाकाली नदीमा निर्माणाधीन पुलको पहुँचमार्ग भाइरल रोड निर्माणमा प्रयोग गरिएको सामग्री गुणस्तरहीन रहेको व्यापक जनगुनासो आएको हुँदा उक्त निर्माणकार्यको आवश्यक छानबिनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौँ ।”

यसैगरी नेकपा ९माओवादी केन्द्र० निकट अखिल क्रान्तिकारीका अध्यक्ष कैलाशचन्द्र गिरी, वाइसीएल सचिव तिलक जप्रेल, नेकपा ९एकीकृत समाजवादी० निकट अनेरास्ववियुका संयोजक रमेश पन्त र युवासङ्घ नेपालका सहसंयोजक मुकेश सिंहद्वारा जारी संयुक्त विज्ञप्तिमा भीमदत्त नगरपालिकाको वडा नं ११, १२, १३ र १४ लाई जोड्ने छ लेनको महाकाली पुलको आयोजना राष्ट्रकै गौरवको योजनाका रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण क्षतविक्षत भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आयोजनामा भएको प्राविधिक कमजोरी गुणस्तरमा कमी तथा अन्य कमीकमजोरी के–कति कारणले भएको भन्ने कुराको सत्यतथ्य छानबिन गर्न समिति गठन गरी दोषीउपर कारबाही गरिनुपर्छ ।” निर्माणाधीन चार लेनको पुलबाट भुजेलाखोलासम्म ३०० मिटरभन्दा बढी पहुँचमार्ग महाकाली नदीले बगाएको छ । सडक भत्किएपछि ठेकेदार कम्पनीले ठेक्का सम्झौताअनुसार गुणस्तरीय सामग्री प्रयोग नगरेको आरोप लागेको छ । स्थानीय बासिन्दाले बालुवाको प्रयोग गरी सडक निर्माण गर्दा भत्किएको आरोप लगाएका छन् । रासस

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:१२ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना
पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:१२ गते

काठमाडौं, नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । पश्चिमी वायु सक्रिय भएकै कारण देशको पश्चिमी र मध्य क्षेत्रको मौसम बदली...

जनकपुरधाममा रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
जनकपुरधाममा रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:१२ गते

जनकपुरधाम, जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा...

TOP