२०७९ चैत्र १०
March 24, 2023, Friday

प्रदेश १ मा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव टेबुल हुँदै,मत विभाजनको टुङ्गो छैन

प्रदेश १ मा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव टेबुल हुँदै,मत विभाजनको टुङ्गो छैन

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक शुक्रबार बस्दैछ । शुक्रबारको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्ताव टेबुल गर्नेछन् ।

तर, मत विभाजनको विषयमा भने सरकारले अलमल देखाएको छ ।गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते सचिवालयमा दर्ता गराएका थिए ।

प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद देखिएका छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने अवस्था नभएका कारण विपक्षी गठबन्धनमा आबद्ध दलहरूले गठबन्धनको सरकार गठनका लागि छलफल समेत सुरू गरिसकेका छन् । 

शुक्रबार बिहान साढे १० बजे प्रदेशसभामा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र त्यसले नै कार्यसूची तय गर्ने सचिवालयले जनाएको छ ।

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:२२ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:२२ गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

गण्डकी सरकाकरलाई दिएको सर्मथन फिर्ता लियो माओवादीले, एमालेका मुख्यमन्त्री अल्पमतमा
गण्डकी सरकाकरलाई दिएको सर्मथन फिर्ता लियो माओवादीले, एमालेका मुख्यमन्त्री अल्पमतमा
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:२२ गते

पोखरा, गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै दुई...

TOP