२०७९ भाद्र २
August 18, 2022, Thursday

बलात्कार कसुरदार आठ वर्षपछि पक्राउ

बलात्कार कसुरदार आठ वर्षपछि पक्राउ


काठमाडौं । जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो । कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फस््र्योटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ । फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ ।

Related News

धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:१७

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...

प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:१७

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...

मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:१७

काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...

TOP