२०८० जेष्ठ २२
June 5, 2023, Monday

स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह

स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह


काठमाडौँ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरुलाई आग्रह गरेको छ । विश्वमा स्वास्थ्यकर्मीहरु नै कोभिडको संक्रमणको मारमा परेका बताउँदै उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो ।
विश्व स्वास्थ्य संगठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट कम्तीमा पनि १ लाख १५ हजार जना स्वास्थ्यकर्मीहरुको ज्यान गएको बताएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० को जनवरीदेखि सन् २०२१ को मे महिनाको बीचमा यतिधेरै स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान गरिएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस आधनाम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो । उहाँले अहिले पनि विश्वका करिब ११९ देशका स्वास्थ्यकर्मीहरुको तथ्यांक हेर्दा ती देशका करिब पाँच स्वास्थ्यकर्मीमध्ये दुई जनाले मात्र खोपको पूर्ण मात्रा प्राप्त गरेका बताउनुभएको छ ।

त्यसैले अहिले पनि विश्वमा कोभिड महामारीको अवस्था नहटेको र त्यसमा स्वास्थ्यकर्मीहरु पहिलो पंक्तिमा बसेर काम गर्नुपर्ने भएकाले उनीहरुलाई खोप उपलब्ध गराउनुपर्ने बताउनुभएको हो । अहिले विश्वमा खोपको न्यायपूर्ण वितरण हुन नसकेको बताइएको छ । यस विषयमा विश्वक स्वास्थ्य सगठनले पनि आलोचना गर्र्ने गरेको छ ।

Related News

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
  • २०७८ कार्तिक ५, शुक्रबार १३:३५ गते

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
  • २०७८ कार्तिक ५, शुक्रबार १३:३५ गते

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत...

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
  • २०७८ कार्तिक ५, शुक्रबार १३:३५ गते

नेकपा (एकीकृत समाजवादी) ले आ.व ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र...

TOP