२०८० चैत्र १५
March 28, 2024, Thursday

एमसीसीमा संशोधन गर्नुपर्ने केही छैन-देउवा

एमसीसीमा संशोधन गर्नुपर्ने केही छैन-देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा एमसीसीबारे गलत प्रचार गरिएको जिकिर गरेका छन् । एमसीसी सम्झौता संसदबाट पास गर्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले गलत प्रचार राेक्नुपर्ने बताए।

 बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताए ।

एमसीसी के हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने, ‘पास गर्ने हो।’  ‘यसमा केही छँदै छैन भने, एमसीसी नेपालको कानुनभन्दा माथि हैन भनेर उनीहरूले भनिसकेका छन् । यो त अनुदान हो ऋण हैन नी । सित्तैमा पैसा दिन्छु भन्दा पनि चाहिँदैन भन्छन् यहाँ ।’ 

प्रधानमन्त्री देउवाले वैशाखमा निर्वाचन गराउनेबारे गठबन्धनमा छलफल गरेर मात्रै निर्णय लिने प्रष्ट पारे । अनुदानको कार्यक्रममा धेरै होहल्ला गरेकोमा देउवाको असन्तुष्टि थियो ।

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:५३ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:५३ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:५३ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP