२०८१ बैशाख ४
April 16, 2024, Tuesday

जनकपुरका खानेपानी प्रमुखलाई दुर्व्यवहार : १७ जनाविरूद्ध मुद्दा दर्ता

जनकपुरका खानेपानी प्रमुखलाई दुर्व्यवहार : १७ जनाविरूद्ध मुद्दा दर्ता

काठमाडौ । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई बन्धक बनाई दुव्र्यवहार गर्ने जनमत पार्टीका कार्यकर्ताविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।

बिहीबार दिउँसो उनलाई कुटपिट गर्दै कार्यालयबाटै उठाएर अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराएको आरोपमा जनमत पार्टीका १७ जना नेता/कार्यकर्तामाथि सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 जिल्ला प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने अधिकांश सिरहा, सर्लाही र महोत्तरीका हुन् ।कुशवाहालाई बिहीबार दुव्र्यवहार गरेका १७ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मुद्दा दर्ता गरिएकामा जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेशकुमार यादव, अमरनाथ साह र सुन्दर छन् । ‘यो मुद्दामा अधिकतम ४ वर्ष कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ,’ डीएसपी बस्नेतले भने ।

उनीहरूविरूद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा चलाइएको हो।

Related News

निगमले बुझायो किस्ताबापतको ५३ करोड
निगमले बुझायो किस्ताबापतको ५३ करोड
  • २०७८ कार्तिक ५, शुक्रबार १४:०० गते

काठमाडौँ, वैशाख ३ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ...

वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
  • २०७८ कार्तिक ५, शुक्रबार १४:०० गते

बुटवल– रुपन्देहीमा सहकारी पीडितहरुले वैशाख ४ बाट आन्दोलन गर्ने घोषणा गरेका छन् । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट...

पोखरामा बस दुर्घटना, नौ घाइते
पोखरामा बस दुर्घटना, नौ घाइते
  • २०७८ कार्तिक ५, शुक्रबार १४:०० गते

लेखनाथ, चैत २९ गते। पोखरामा बिहीबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन्। काठमाडौंबाट म्याग्दी जाँदै गरेको ग...

TOP