२०८० चैत्र १६
March 29, 2024, Friday

पूर्व न्यायाधीश फोरमले भन्याे-प्रधानन्यायाधीशको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भयो

पूर्व न्यायाधीश फोरमले भन्याे-प्रधानन्यायाधीशको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भयो

काठमाडौं ।  पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको बताएको छ । 

फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आचरण र व्यवहारमा नै गम्भीर शंका रहेको निष्कर्ष निकालेको हाे।

फोरमका तर्फबाट शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “गठबन्धनमा प्रधानन्यायाधीश मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एशोसियसनतर्फबाट समेत भएको विरोधको वावजूद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषदमा समावेश गराइनु र चर्को विरोधपश्चात् मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।”

विज्ञप्तिमा न्यायापालिकाको स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयमले निकास दिनु यथोचित हुन सक्ने भन्दै यो वाञ्छनीय र अनिवार्य पनि देखिएको उल्लेख छ ।

जारी विज्ञप्तिमा भनिएको छ–तर प्रधानन्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइउन भने प्रधानन्यायाधीशको सम्बन्धमा उठेका सम्पूर्ण विवादहरुको निष्पक्ष छानविनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनका लागि हामी आह्वान गर्दछौँ ।”

साथै न्यायपालिकालाई आफ्नै नेतृत्वबाट जोगाउन सबै तहका न्यायाधीशहरुलाई अगाडि आउन पनि अनुरोध गरिएको छ । “न्यायपालिका जोगाउने अन्तिम दायित्व स्वयम् न्यायाधीशहरुको नै हो भनी हामी पूर्वन्यायाधीशहरु स्मरण गराउन चाहन्छौँ ।”

न्यायालयलाई विवादित नेतृत्वबाट जोगाउनको लागि भन्दै पूर्व न्यायाधीश फोरमले सर्वोच्चका न्यायाधीश, कानुन व्यवसायी, न्यायपालिकाका उपभोक्ता र सचेत नेपालीलाई आह्वान गरेको छ ।

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ कार्तिक ५, शुक्रबार १५:११ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ कार्तिक ५, शुक्रबार १५:११ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ कार्तिक ५, शुक्रबार १५:११ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP