२०८१ बैशाख ७
April 19, 2024, Friday

प्रधानमन्त्री देउवाले भने-बाढीपहिरो पीडितका समस्या गुरुयोजना बनाएर सम्बोधन गर्छु

प्रधानमन्त्री देउवाले भने-बाढीपहिरो पीडितका समस्या गुरुयोजना बनाएर सम्बोधन गर्छु

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढीपहिरोबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताएका छन् ।

 देउवाले बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् ।बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुगेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताए ।

“बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाएँ,” उनले भने, “निरीक्षणपछि काठमाडौँ फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।” उनले आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिराले पुर्‍याएको क्षति देखेर दु:खित भएको बताए ।

बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणका लागि प्रधानमन्त्री देउवा बिहीबार यता आएका थिए । उनी शुक्रबार धनगढी हुँदै काठमाडौं फर्किंदैछन् ।

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:३६ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:३६ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
  • २०७८ कार्तिक ५, शुक्रबार ०९:३६ गते

सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो । ...

TOP