२०८० चैत्र १६
March 29, 2024, Friday

भारतमा कोरोनाभाइरसबाट थप १५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिए

भारतमा कोरोनाभाइरसबाट थप १५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिए


काठमाडौं । भारतमा कोरोनाभाइरसबाट थप १५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७८६ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

नयाँ सङ्क्रमित मध्ये आठ हजार ७३३ जना केरला प्रदेशका मात्रै रहेको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

सोही अवधिमा भारतमा १८ हजार ६४१ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिले नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।

भारतमा अहिले एक लाख ७५ हजार ७४५ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या २३२ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।भारतमा अहिलेसम्म कुल तीन करोड ३५ लाख १४ हजार ४४९ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण थप २३१ जनाको मृत्यु भएको छ । ती मध्ये केरलाका मात्रै ११८ जना रहेका छन् । रासस

Related News

इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु
इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु
  • २०७८ कार्तिक ५, शुक्रबार १६:०१ गते

एजेन्सी : सिरियाको एलेप्पो प्रान्तमा इजरायलले शुक्रबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा ३६ जना सिरियाली सैनिकको मृत्यु भएको छ । सिरियाली...

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
  • २०७८ कार्तिक ५, शुक्रबार १६:०१ गते

 वाशिंगटन । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार...

फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
  • २०७८ कार्तिक ५, शुक्रबार १६:०१ गते

लिस्बन : पोर्चुगलमा राहदानी सम्बन्धी समस्यामा परेका नेपालीलाई राहदानी सेवा दिन शुरु गरिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय...

TOP