काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले २/२ पटक संसद पुर्नस्थापना भइसकेको अवस्थामा अर्ली इलेक्सनको कुरा गर्न नसुहाउने बताएका छन् ।
धनगढी विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा पौडेलले अर्ली इलेक्सनमा जाने कुरा सम्भव नै नरहेको बताएका हुन् ।
नेता पौडेलले संसदले पूरा कार्याकाल काम गर्न पाउनुपर्ने धारणा राखे ।‘हाम्रै पार्टी सभापतिको नेतृत्वमा अदालत गएर अदालतको आदेशमा संसद पुनःस्थापना भएर सरकार बनेको छ । अझ समय नपुग्दै संसद विघटन गरी चुनावमा जान सम्भव छैन’, पौडेलले भने ।
तोकिएको समयमा महाधिवेशन नभए पार्टीलाई निर्वाचन आयोगले वैधानिक नमान्ने उनको धारणा थियो ।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...
काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...