काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा आज प्रदर्शन गरेका छन् ।
खानेपानी तथा ढल निकास एवम् व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहमाथि भएको दुव्र्यवहार गरेको विरोधमा हेटौँडामा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल’को आयोजनामा मकवानपुरका सरकारी कार्यालय र निजी क्षेत्रका इन्जिनियरको सहभागिता थियो ।
हेटौँडाको बुद्धचोकमा भएको सो विरोध प्रदर्शनका क्रममा इन्जिनियरहरुले ब्यानरसहित हातमा कालोपट्टी वाँधेर दोषीमाथि कारबाहीको माग गरेका थिए । रासस
१३ असार, काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ...
काठमाडौँ – मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिएकी छन् । तातोपानी घर भएका मोती थामीले कलाकार सुस्मासँग ठुलो तरकारी व्यवसाय...
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...