२०७९ मंसिर १२
November 28, 2022, Monday

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

काठमाडौं ।  दीपावली, तिहार र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम जातिको बसोबासका बस्तीमा राम्रो कमाइ हुने आशमा खुसी छाएको छ । मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्ला–चाल्नो, पङ्खा र अन्य खेलौँनाको माग हुने भएको हुँदा यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले खुसी छाएको हो ।

वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरुको रहर  र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ । “ससाना नानी र घरपरिवारका रहर त हाँमी गरिबका घरमा पनि हुन्छन्”, पर्व विशेषका लागि चोयाको छिटी बुन्न तल्लिन  भङ्गाहा नगरपालिका–५ सिद्धपुरसँगैको डोम बस्तीका रमुवा मरिकले भन्नुभयो, “यी रहर चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आश साचेका हुन्छौँ ।” तिहार र छठ नजिकिँदै आउँदा डोम बस्तीका ससाना नानीको अभिभावकसँगको फर्माइस माग पनि दिनहुँजसो बढी रहेको हुन्छ । “बाबु, दिवाली आ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी ला दिहा” ९बुबा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु, मलाई रङ्गीबीरङ्गी चङ्गा ल्याइदिनुहोला०  चोया बटार्न व्यस्त बर्दिवास नगरपालिका–१ की बासिन्दा आमा रतिया मरिकसँग उहाँका सात वर्षीय छोरा कपिलको माग छ । दीपावली र छठमा गुड्डी ९चङ्गा० उडाउने सपना साचेका सो समुदायका वालवालिका पर्वमा बाबु÷आँमाले मीठामीठा खानेकुरा ल्याइदिने धाकसमेत अन्य समुदायका समवयस्कसँग लगाइरहेका देखिन्छन् ।

शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक भन्ने कुराबारे पूरै बेखबर रहेका उक्त समुदाय ससाना पराले झोपडीमा पुस्तौँदेखि गुजारा चलाइरहेका छन् । चरम गरिबी र अशिक्षाले जकडिएका सो समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्निसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका सामान बेचेर प्राप्त हुने र सुँगुर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ । तिहार र छठचैँ आफूहरुले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्वप्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको उनीहरु बताउँछन् ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लाभरिमा एक हजार ५० ९हाल यो सङ्ख्या तीन हजारको हाराहारी रहेको अनुमान छ० मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येकजसो बस्तीको पुछारमा एक÷दुई घरमा बसोबास गरेका भेटिन्छन् ।  मधेशमा अत्यन्त पछि परेका जाति समुदायभित्रका यो समुदायले नयाँ लुगा किन्ने, आफन्तकहाँ भेट्न कोसेली बनाउने, ससाना नानीको रहर पूरा गरेर वर्षको पछिसम्म नुनतेलको जोहोसमेत तिहार र छठको कमाइबाट गर्ने गरेको बताउँछन् । “के गरौं हजुर।।।।१ ससाना नानीहरु गाउँतिर खेल्न जाँदा बस्तीका हुनेखानेका नानीहरुका हातमा जे देख्यो घर आएर त्यस्तै सामानको फर्माइस गर्छन्”, लोहारपट्टि नगरपालिका–१ बगडाको दलित बस्तीकी शैली मरिकले भन्नुभयो,  “यी सबै नानीहरुका रहर हामीले तिहार र छठको कमाइबाट केही न केही पूरा गर्नुपर्ने हुन्छ ।” 

मुलुकमा अवसरबाट पछि परेका सीमान्तकृत जाति समुदाय, गरिब र दलितको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिए पनि ती कार्यक्रम भने जिल्लाका उक्त जातिको बस्तीमा नपुगेको सामाजिक अभियन्ताले  टिप्पणी गरेका छन् । सरकारी कार्यक्रमको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका जाति समुदायको  उत्थानको काम हुन नसकेको भङ्गाहा–४ की सामाजिक कार्यकर्ता हीरादेवी दाहालको  टिप्पणी  छ । रासस

Related News

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
  • २०७८ कार्तिक ६, शनिबार ०८:५१ गते

जनकपुरधाम, विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्ला २/३ वर्षदेखि कोरोनाको संक्रमणको भयका...

बिदाइ भए प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी
बिदाइ भए प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी
  • २०७८ कार्तिक ६, शनिबार ०८:५१ गते

काठमाडौ, प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भर्ना गरिएको म्यादी प्रहरीको बिदाइ गरिएको छ । चुनाव सकिएसँगै नतिजा पनि आइसकेकोले म्यादी...

चुनावमा कलाकारको कन्तबिजोग
चुनावमा कलाकारको कन्तबिजोग
  • २०७८ कार्तिक ६, शनिबार ०८:५१ गते

काठमाडौ, निर्वाचन घोषणा गरेसँगै थुप्रै कलाकारको राजनीतिक यात्राबारे चर्चा भयो। चर्चा भएका कतिले दलको टिकट पाए, केही स्वतन्त्र उम्मेदवारका रूपमा...

TOP