काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ ।
अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको स्पष्ट पारे । अध्यक्ष श्रेष्ठले पूर्वन्यायाधीश फोरमले मागेको राजीनामाबारे प्रधानन्यायाधीश आफैले सोच्नुपर्ने प्रतिक्रिया दिए
‘उहाँहरुको हिजोका अनुभवको आधारमा समेत उहाँहरुले आफ्नो विचारहरु दिनुभएको छ । त्यो विचार अनुसार त्यसको अवलम्वन गर्ने वा नगर्ने भन्ने कुरा जसप्रति इंगित गरेर त्यो वक्तव्य आएको छ । उहाँले सोच्नुपर्ने हो’ उनले भने ।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...
काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...