काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन् ।
ओलीले आगामी निर्वाचनमा एक्लै सबैतहमा शानदार बहुमत ल्याउने गरी पार्टीले तयारी गरेको बताएका छन् ।देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन भर्चुअल रूपमा उद्घाटन गर्दै शनिबार ओलीले पाँच दलीय गठबन्धन प्रतिक्रियावाद, कम्युनिष्ट आन्दोलन विरोधी, कम्युनिष्ट पार्टी फुटाउने र प्रतिगामीका पाउनमा सेवा चढाउन बनेको बताए।
‘प्रतिगामी शक्तिहरु अहिले गठबन्धनको नाममा आइरहेका छन्, यसमा कुनै भ्रम रहनु हुँदैन, दुविधामा रहनु हुँदैन, यो तीन महिनामा देखिइसकेको छ, देशलाई अस्थिरतामा धकेल्ने, देशलाई अग्रममनमा जान नदिने’ ओलीले भने, ‘स्वेच्छाचारी, मनपरीतन्त्र देशमा लागू गर्ने अनुशासनहीनता अराजकता राज्यस्तरबाटै गर्ने यसप्रकारका क्रियाकलाप हामीले देखिरहेका छौं, यो विपरीत बाटो हो प्रतिगमनतर्फको बाटो हो ।’
अहिले प्रतिगामी गतिविधिको नेतृत्व पाँच दलीय गठबन्धनले गरेको ओलीले आरोप लगाए ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...
पोखरा, गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै दुई...