२०७९ मंसिर १२
November 28, 2022, Monday

लमसुङ पहिरोको जोखिममा, पूरै वडा अन्धकारमा

लमसुङ पहिरोको जोखिममा, पूरै वडा अन्धकारमा


काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि पूरै वडा अन्धकारमा छ ।

दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार विस्थापित भएका छन् । लमसुङमा रहेको स्वास्थ्यचौकीसमेत पहिरोको जोखिममा परेको स्थानीयवासी भक्तबहादुर सिङकिजाले जानकारी दिनुभयो । “केही दिनअघिको बर्सातका कारण दरखोलामा आएको बाढीले कटान गरेर घर नजिकै पहिरो पुगेपछि चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ”, उहाँले भन्नुभयो । “सुविधा सम्पन्न पक्की भवन भएको स्वास्थ्यचौकीसमेत जोखिममा परेको छ ।”

भबहादुर पाइजा, ज्ञानबहादुर पाइजा, दलबहादुर राना र पलु पुनको घरपरिवार विस्थापित भएका हुन् । लमसुङ बस्तीको माथितर्फ विसं २०७४ मा गएको जुगेपानीको पहिरो रोकिए पनि तलबाट नयाँ पहिरो सिर्जना भएपछि स्थानीयवासी चिन्तित भएका छन् । तत्काल पहिरो नियन्त्रणको काम नगरे वडा कार्यालयसमेत रहेको करिब ८० घरधुरीको बसोबास रहेको लमसुङ गाउँमा थप जोखिम बढ्ने स्थानीयवासीले बताएका छन् । वडाध्यक्ष गमप्रसाद विकले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको र थप क्षति हुन नदिन पहिरो नियन्त्रण योजनाका लागि पहल गरेको बताउनुभयो ।

यसैगरी गत भदौ २१ गते बाढीले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि धौलागिरि गाउँपालिकाको वडा नम्बर २ का ३६५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य छन् । बयालीस किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको नहर, बाँध र खबाङको विद्युत्गृह बाढीले बगाएपछि अन्धकार भएको हो । परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका ३६५ घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको छ ।

घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारीत साना उद्योग ठप्प भएको छ । उज्यालोका लागि टुकी र सौर्य उर्जामा भर पर्नुपर्ने अवस्था आएको छ । विसं २०७६ कात्तिकमा रु एक करोड ५२ लाखको लागतमा परियोजना निर्माण भएको थियो ।

यसअघि विसं २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युत्गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो । लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो ।रासस

Related News

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
  • २०७८ कार्तिक ६, शनिबार १०:१९ गते

जनकपुरधाम, विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्ला २/३ वर्षदेखि कोरोनाको संक्रमणको भयका...

बिदाइ भए प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी
बिदाइ भए प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी
  • २०७८ कार्तिक ६, शनिबार १०:१९ गते

काठमाडौ, प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भर्ना गरिएको म्यादी प्रहरीको बिदाइ गरिएको छ । चुनाव सकिएसँगै नतिजा पनि आइसकेकोले म्यादी...

चुनावमा कलाकारको कन्तबिजोग
चुनावमा कलाकारको कन्तबिजोग
  • २०७८ कार्तिक ६, शनिबार १०:१९ गते

काठमाडौ, निर्वाचन घोषणा गरेसँगै थुप्रै कलाकारको राजनीतिक यात्राबारे चर्चा भयो। चर्चा भएका कतिले दलको टिकट पाए, केही स्वतन्त्र उम्मेदवारका रूपमा...

TOP