काठमाडौं । फिल फोडानको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनलाई ४–१ ले हराएको छ ।
शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४-१ ले पराजित गरेको हो । जितपछि सिटी दोस्रो स्थानमा समेत उक्लेको छ । सिटीले इल्के गुन्डोगनको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो। २८औं मिनेटमा फोडानले सिटीको अग्रता दोब्बर बनाए । ३१औं मिनेटमा फोडानले अर्को गोल थपे ।
८१औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गरेको गोलबाट ब्राइटनले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन । इन्जुरी समयमा फोडानको पासमा रियाद माहरेजले अर्को गोल थपेपछि सिटीले महत्त्वपूर्ण तीन अंक पक्का गरेको हो ।
जितपछि सिटी ९ खेलबाट २० अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको चेल्सीको २२ अंक छ ।ब्राइटन समान खेलबाट १५ अंकसहित चौथो स्थानमा छ ।
काठमाडौं, नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको...
एजेन्सी, अफगानिस्तानको फैजावाद केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ...
काठमाडौ, लेजेन्ड्स लिग क्रिकेटको उपाधि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासम्मिलित एसिया लायन्सले जितेको छ । गएराति सम्पन्न फाइनलमा खेलमा...