२०८० आश्विन १२
September 29, 2023, Friday

कमर्सीयल बैंकहरुको कर्जा लगानी ३ महिनामा नै २ खर्ब ७८ अर्ब रुपैयाँ भन्दा धेरै

कमर्सीयल बैंकहरुको कर्जा लगानी ३ महिनामा नै २ खर्ब ७८ अर्ब रुपैयाँ भन्दा धेरै

 काठमाडौं । कमर्सीयल बैंकहरुको कर्जा लगानी ३ महिनामा नै २ खर्ब ७८ अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ ।

 ८ बैंकको निक्षेप घटेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार स्वदेशी र विदेशी मुद्राको संयूक्त निक्षेप १९ बैंकमा बढेको छ ।

गत असार मसान्तसम्म बैंकहरुको कर्जा लगानी ३७ खर्ब २० अर्ब ६ करोड रुपैयाँ रहेको थियो । असोज मसान्त्सम्म आइपुग्दा बैंकहरुको कर्जा लगानी बढेर ३९ खर्ब ९८ अर्ब २२ करोड रुपैयाँ पुगेकोछ ।

यो अवधिमा सबैभन्दा धेरै कर्जा लगानी ग्लोबल आइएमई बैंकले बढाएको छ भने सबैभन्दा कम लगानी विस्तार सिभिल बैंक र नेपाल बंगलादेश बैंकले गरेका छन् ।

 सानिमा, एनसिसी, एनआइसी एसिया, नेपाल, कुमारी र एनएमबि बैंकले पनि उल्लेख्य निक्षेप बढाएका छन् । सो अवधिमा कतिपय बैंकमा भएको निक्षेप पनि घटेको छ । राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै २४ अर्बले निक्षेप घटेको छ । कृषि विकास, नेपाल बंगलादेश बैंकबाट पनि ठूलै निक्षेप घटेको छ ।

 राष्ट्र बैंकले बढेको ब्याजदर फिर्ता गराउँदै एक पटकमा ब्याजदर १० प्रतिशत भन्दा बढी घटबढ हुननसक्ने व्यवस्था गरिदिएको छ । अहिले भने बैंकहरुले आक्रामक भएर लगानी गर्न छाडेका छन् ।

Related News

स्यार्पु पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव शुरु, मुख्यमन्त्री शर्माद्वारा उट्घाटन
स्यार्पु पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव शुरु, मुख्यमन्त्री शर्माद्वारा उट्घाटन
  • २०७८ कार्तिक ७, आईतवार १४:२८ गते

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको स्यार्पु तालको पर्यटन पवर्द्धन गर्नका लागि स्यार्पु पर्यटन...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
  • २०७८ कार्तिक ७, आईतवार १४:२८ गते

करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण...

इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा
इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा
  • २०७८ कार्तिक ७, आईतवार १४:२८ गते

राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि  हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नुभएको...

TOP