विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् ।
सभामुख प्रदीपकुमार भण्डारीले शुक्रबारको बैठकबाटै मुख्यमन्त्रीको प्रस्तावमाथि आज मध्यान्ह १२ः३० बजे बस्ने बैठकमा छलफल गरी मतविभाजन गर्ने घोषणा गरेका थिए।
एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।
९३ प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा हाल ९२ जना छन् । दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ ।
बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा सत्तारुढ दल एमालेसँग ४० जना मात्रै सांसद छन्। विपक्षी गठबन्धनमा ५० जना सांसद छन् । प्रदेश १ को विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मन्चका १ जना सांसद छन् ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...