२०८० चैत्र १६
March 29, 2024, Friday

सेयर बजारमा सकारात्मक प्रभाव, बजार परिसूचक २७ अंकले बढ्यो

सेयर बजारमा सकारात्मक प्रभाव, बजार परिसूचक २७ अंकले बढ्यो

काठमाडौं । दसैँ बिदापछि खुलेको सेयर बजारमा गएको साता उतारचढाव देखिए पनि यो साताको पहिलो कारोबार दिन आइतबार भने दोहोरो अंकको वृद्धि भएको छ । 

 नेप्से परिसूचक २७ दशमलव ५१ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ५२ अंकमा पुगेको छ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २४ अंकले बढेको छ । कारोबार रकममा भने उल्लास देखिएन । दिनभर भएका ३८ हजार १४७ कारोबारबाट ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएका छन् ।

वित्त कम्पनी उपसूचक सर्वाधिक ४.११ प्रतिशत, हाइड्रोपावर उपसूचक २.५२ प्रतिशत र अन्य उपसूचमा ३.२४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३४ प्रतिशतले बढेको छ । व्यापार उपसूचक भने १.०७ प्रतिशतले घटेको छ ।

आइतबारको कारोबारमा ब्यापार उपसमूह २० अंकले घट्दा बाँकी सबै उपसमूह बढेका छन्। बैंकिङ ६.१३, होटल तथा पर्यटन ४३.१७, विकास बैंक ७२.२३, जलविद्युत ६५.१४, फाइनान्स ८९.२५, निर्जीवन बीमा ३९.५५ र जीवन बीमा उपसमूह ६७. ३१ अंकले बढे। त्यस्तै उत्पादन १०५.५४, अन्य ५५.५६ र लघुवित्त उपसमूह ५३.९४ अंकले बढेका छन्।

नेप्सेका अनुसार कारोबार भएका कम्पनीमध्ये बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी कम्पनीको सेयरमुल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, आज मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले धेरै नेक्सानी ब्यहोरेका छन् । 

Related News

चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
  • २०७८ कार्तिक ७, आईतवार १६:०१ गते

काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ७३ अंंकले ओरालो लागेको बजार परिसुचक नेप्से...

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
  • २०७८ कार्तिक ७, आईतवार १६:०१ गते

काठमाण्डाै – नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ कार्तिक ७, आईतवार १६:०१ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

TOP