२०८१ बैशाख ४
April 16, 2024, Tuesday

सोमालियामा सेना र विद्रोहीबीचको भिडन्तमा २० को मृत्यु

सोमालियामा सेना र विद्रोहीबीचको भिडन्तमा २० को मृत्यु


काठमाडौं ।  सोमालियाको राजधानी मोगादिसु भन्दा केही बाहिरको राज्य गुरेल नगरमा शनिबार भएको भिडन्तमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । ज्यान जानेमा १७ जना इस्लामिक विद्रोही र अरु तीन जना यहाँको राष्ट्रिय सेनाका सदस्य रहेका छन् । सोमालियाली सेनाका एक अधिकारीले सो भिडन्तका क्रममा अरु ४० जना विद्रोही घाइते भएका बताएका छन् ।

शनिबार बिहान सोमाली सेनाले सहयोग गरेको गालमुदग समूह र यहाँको इस्लामिक विद्रोही समूहका बीचमा लामो समयसम्म भिडन्त भएको थियो । भिडन्तपछि कतिपय इस्लामिक विद्रोही समूहका उच्च तहका कमाण्डरहरु पनि मारिएको बताइएको छ । सो नगरमा यसअघि विद्रोहीले कब्जा गरेको जनाएका थिए । सो कब्जाबाट छुटाउनका लागि यहाँको सेनाले पनि आफ्नो समर्थनको सशस्त्र समूहलाई अघि सारेको थियो ।

शनिबारको लामो भिडन्तपछि उक्त नगर विद्रोहीको कब्जाबाट फिर्ता लिइएको सोमाली सेनाले जनाएको छ । सो नगरमा पहिले पनि यस्तै प्रकारको भिडन्त हुँदा दर्जनौँ मानिसको ज्यान गएको थियो ।रासस

Related News

म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
  • २०७८ कार्तिक ७, आईतवार १३:५६ गते

याङ्गुन (म्यान्मा), वैशाख ३ गते । मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै...

पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
  • २०७८ कार्तिक ७, आईतवार १३:५६ गते

इस्लामावाद, चैत २९ गते । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५...

मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
  • २०७८ कार्तिक ७, आईतवार १३:५६ गते

काठमाडौँ । अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको...

TOP