२०८० आश्विन १६
October 3, 2023, Tuesday

दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

काठमाडौं । गत शनिबार सम्पन्न भएको नेकपा ९एमाले०कोे १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।

जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष हुनुभएको छ । उहाँ बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य हुनुहुन्छ ।

त्यस्तै दङ्गीशरण गाउँपालिका–१ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मतरुपमा चयन हुनुभएको हो । उहाँ गृहिणी हुनुहुन्छ । घोराही उपमहानगरपालिका–१ को अध्यक्षमा टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँ वडा सदस्य र उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि हुनुहुन्छ ।

त्यस्तै घोराही–४ मा लीला गोतामे अध्यक्ष हुनुभएको छ । गोतामे निर्वाचित वडा सदस्य हुनुहुन्छ । गढवा गाउँपालिका– ४ मा सीता थापा वडाध्यक्ष हुनुभएको छ । थापा रेडक्रसकर्मीसमेत हुनुहुन्छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दाङमा भने एक महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । शान्तिनगर गाउँपालिका–३ की पार्वती पुन वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले यसपटकको वडास्तरको अधिवेशन ऐतिहासिकरुपमा सम्पन्न भएको बताउनुभयो । त्यस्तै उहाँले अधिवेशनमा अधिकतम महिलालाई ३३ प्रतिशत नघट्ने गरी प्रत्येक कमिटीमा समावेश गरेको जिकिरसमेत गर्नुभयो । रासस

Related News

सर्लाहीमा विधायक पदका प्रत्याशी महतोले गरे आजपा प्रवेश
सर्लाहीमा विधायक पदका प्रत्याशी महतोले गरे आजपा प्रवेश
  • २०७८ कार्तिक ८, सोमबार १७:०१ गते

सर्लाही । पुराना वामपन्थी नेता तथा विधायक पदका प्रत्याशी सुरेश महतोले आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।...

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुख कार्यकारी अधिकृतबिच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुख कार्यकारी अधिकृतबिच भेटवार्ता
  • २०७८ कार्तिक ८, सोमबार १७:०१ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटले...

शेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी : अर्थमन्त्री महत
शेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी : अर्थमन्त्री महत
  • २०७८ कार्तिक ८, सोमबार १७:०१ गते

अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताएका छन् । ‘विश्व लगानीकर्ता सप्ताह’ को उद्घाटन गर्दै उनले लगानीकर्तालाई...

TOP