काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि र प्रदेशसभामा रिक्त रहेको ४ पदको उपनिर्वाचन गर्ने विषयमा छलफल भएको छ ।
आउँदो फागुन २१ बाट रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनको मिति तोक्नेलगायत विषयमा आज छलफल भएको हो।
देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताएका छन् ।राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ ।
त्यस्तै प्रतिनिधिसभामा रिक्त ४ र प्रदेशसभामा रिक्त १८ सदस्यको उपनिर्वाचनका विषयमा पनि छलफल भएको छ । सो विषयमा प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलसँग छलफल गरेर निष्कर्षमा पुग्ने जवाफ दिएका छन् ।
भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई लिएर विभिन्न कोणबाट चर्चा...
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...