काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले फुलकोर्टको बैठक बहिष्कार गर्ने निर्णय गरेका मध्ये १३ जना न्यायाधीशलाई सोमबार इजलास तोकेका छन् । तर न्यायाधीशहरू इजलासमा नगई अब प्रधान्यायाधीश जबराको सन्दर्भमा के गर्ने भन्ने धारणा बनाउन छलफलमा जुटेका छन् ।
मन्त्रिपरिषदमा भाग खोज्नेलगायत विषयमा विवादित प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने वा उनलाई महाअभियोग लगाउनुपर्नेबारे न्याय क्षेत्रमा आवाज उठ्न थालेपछि सर्वोच्च अदालतका न्यायाधीशले आफूहरू मौन बस्न नहुने र एउटा निर्णय लिनुपर्ने निष्कर्ष निकाल्दै निरन्तर छलफलमा छन्।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबण्डा खोजेको विषय उठेपछि उनी दबाबमा परेका छन् ।
इजलास तोकिएका न्यायाधीशहरूमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् ।
शुक्रबारदेखि सुरू भएको छलफललाई उनीहरूले आज पनि निरन्तरता दिएका छन्।
भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई लिएर विभिन्न कोणबाट चर्चा...
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...