२०७८ माघ ८
January 22, 2022, Saturday

राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का

राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का


काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ ।”

एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा ९एमाले०बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने मन्त्री खड्काले बताउनुभयो ।

उहाँले त्रियुगा नदी कटान नियन्त्रण गर्न आफ्नो पहलमा त्रियुगा नदी कटान नियन्त्रण आयोजना नै स्थापना गरेको र रु आठ अर्ब बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो । उहाँले यस आर्थिक वर्षमा रु दुई अर्ब बजेट परिचालन गरेर नदी कटान नियन्त्रण गर्न लागिएको बताउनुभयो ।

यस्तै त्रियुगा नगरपालिका–१ जोगीदहमा निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माणका लागि वर्तमान सरकारले स्वीकृत गरेर बजेट व्यवस्थानको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । सुनसरीसहित प्रदेश नं १ का विभिन्न जिल्लाको भ्रमण गर्दै मन्त्री खड्का शनिबार उदयपुर आइपुग्नुभएको हो ।

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७८ कार्तिक ८, सोमबार ११:४७

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ कार्तिक ८, सोमबार ११:४७

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ कार्तिक ८, सोमबार ११:४७

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP