२०७९ भाद्र २
August 18, 2022, Thursday

साउदी अरेरिबायाको सैन्य विमानद्धारा यमनमा लगातार बमबारी

साउदी अरेरिबायाको सैन्य विमानद्धारा यमनमा लगातार बमबारी


 काठमाडौं ।  साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ ।सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन ।

तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् । मारिब यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो । उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको यहाँका अधिकारीहरुले बताएका छन् ।

तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समयसमयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् ।उनीहरुको कब्जाबाट मुक्त गर्न नै शनिबारदेखि साउदी अरेबियाको सेनाले निरन्तर रुपमा बमबारी गरिरहेको बताइएको छ । यमनमा विगतका कैयाँै वर्षदेखि विद्रोहीहरुले संघर्ष गर्ने गरेका छन् ।

उनीहरुले खासगरी तेलको धनी भएकाले यही शहरमा नै कब्जा जमाउने गरेका छन् । केही समयअघि सो शहरमा साउदी अरेबिया सरकारको सेनाले गरेको आक्रमणका क्रममा कैयौँ मानिस मारिएका थिए । रासस

Related News

ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालकसहित डेढ सय जना समाउन सफल भए डीएसपी ठगबहादुर केसी
ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालकसहित डेढ सय जना समाउन सफल भए डीएसपी ठगबहादुर केसी
  • २०७८ कार्तिक ८, सोमबार १२:५१

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा २ सय भन्दा बढी युवा राखेर कल सेन्टर चलाइरहेका २ जनाविरुद्ध प्रहरीले ठगी मुद्दामा...

एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउन श्रेष्ठको आग्रह
एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउन श्रेष्ठको आग्रह
  • २०७८ कार्तिक ८, सोमबार १२:५१

३० असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र तत्काल लेख्न...

श्रीलंकाको सडकमा हजारौँ प्रदर्शनकारी, हवाई फायरिङमा १२ जना घाइते
श्रीलंकाको सडकमा हजारौँ प्रदर्शनकारी, हवाई फायरिङमा १२ जना घाइते
  • २०७८ कार्तिक ८, सोमबार १२:५१

एजेन्सी । आर्थिक संकट झेलिरहेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर माल्दिभ्स भागेका छन् । राजापाक्षेले देश छोडेपछि जनता आक्रोशित...

TOP