२०८० चैत्र १५
March 28, 2024, Thursday

प्रहरी निरीक्षक भोजराज पाण्डेयले ‘आँधी हुरी प्रचण्ड गर्मी भन्दैन केही गरी’ नामक प्रहरी गीत ल्याए बजारमा

प्रहरी निरीक्षक भोजराज पाण्डेयले ‘आँधी हुरी प्रचण्ड गर्मी भन्दैन केही गरी’ नामक प्रहरी गीत ल्याए बजारमा

 काठमाडौं ।  नेपाल प्रहरीमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेयले ‘आँधी हुरी प्रचण्ड गर्मी भन्दैन केही गरी’ नामक प्रहरी गीत बजारमा ल्याएका छन्।

देश र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता सहित नेपाल प्रहरी सेवामा प्रवेश गर्ने प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरूले तालिमदेखि कार्यक्षेत्रमा गर्नु पर्ने काम र चुनौतीको बारेमा गीतमा उतारिएको छ।

गीतमा निरीक्षक पाण्डेयले प्रहरी कार्य, अपराध अनुसन्धान, विशेष व्यक्तिको सुरक्षा र दैविक विपत्तिमा प्रहरीले गरेका काम र त्यसमा रहेका चुनौतीहरूको बारेमा शब्दद्वारा वर्णन गरेका छन्। प्रहरीले जस्तो सुकै विपत्तिको बेलामा पनि केही नभनी देश र जनताको सेवामा लागिरहने कुरा गीत मार्फत उल्लेख गरेको कुरा निरीक्षक पाण्डेले बताए।

यस गीतका गीतकार निरीक्षक भोजराज पाण्डेय हुन भने सङ्गीत संयोजन चर्चित सङ्गीतकार दीपक शर्माको रहेको छ। युवा गायक प्रताप दाशले गीतमा स्वर दिएका छन्।

‘नेपाल प्रहरी सदैव कर्तव्यप्रति निष्ठावान्, निर्भीक र अटल रहेको सन्देश गीतले दिएको छ । प्रहरी सेवा मार्फत राष्ट्र सेवामा लागेका पाण्डेयले गीत सङ्गीत मार्फत पनि राष्ट्रलाई योगदान पुर्याउंदै आएका छन् । यस अघि पाण्डेका करिब आधा  आधुनिक गीत बजारमा आइसकेका छन्।https://www.youtube.com/watch?v=My-USg5_wIs

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ कार्तिक ८, सोमबार १२:२४ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
  • २०७८ कार्तिक ८, सोमबार १२:२४ गते

काठमाडौँ, चैत ११ गते । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो...

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
  • २०७८ कार्तिक ८, सोमबार १२:२४ गते

काठमाण्डौ – सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा सरकाकै नाममा कायम गर्ने निर्णय गरेको...

TOP