२०८० आश्विन ४
September 21, 2023, Thursday

चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

चितुवा भगाउन हात्तीसहितको टोली परिचालन


काठमाडौं । बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो ।

चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान थालेको जनगुनासोका आधारमा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगरले बताउनुभयो ।

दुई साताको अवधिमै चितुवाले स्थानीय बासिन्दाका आधा दर्जन बढी चौपाया मारेर क्षति गरेको छ । साँझ नहुँदै बस्तीमा छिरेर चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीय बासिन्दाले साँझपछि गाउँघरमा हिँडडुलसमेत बन्द गरेका छन् । रासस

Related News

विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
  • २०७८ कार्तिक ९, मंगलवार ०८:२४ गते

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत...

बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
  • २०७८ कार्तिक ९, मंगलवार ०८:२४ गते

सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा भिडन्त भएको छ।...

गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
  • २०७८ कार्तिक ९, मंगलवार ०८:२४ गते

गोरखामा गोरखा दरौदी यातायातको यात्रुवाहक बस एक आपसमा ठोक्किएको छ । भीमसेन थापा गाउँपालिका–५ को बगुवामा बुधबार बिहान १० बजे...

TOP