२०८१ बैशाख ६
April 18, 2024, Thursday

प्रधानन्यायाधीशको जवाफ:कसैले भन्दैमा र दबाब दिँदैमा राजीनामा दिन्न

प्रधानन्यायाधीशको जवाफ:कसैले भन्दैमा र दबाब दिँदैमा राजीनामा दिन्न

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरूसँगको भेटमा प्रधानन्यायाधीश राणाले कसैले भन्दैमा र दबाब दिँदैमा आफूले राजीनामा नदिने बताएका हुन् । 

‘सडकबाट कसैले दबाब दिँदैमा र कसैले राजीनामा दिन सुझाव दिँदैमा मैले राजीनामा दिन्नँ,’ न्यायाधीशहरूसँगको भेटमा उनले भने, ‘म प्रधानन्यायाधीश संवैधानिक प्रक्रियाबाट नियुक्त भएको हुँ । त्यसैले राजीनामा दिन्नँ ।’ 

उनले आफू संवैधानिक प्रक्रियाबाटै नियुक्त भएकाले छोड्नु परे संवैधानिक प्रक्रियाबाटै छोड्ने बताए । ‘म विधि र पद्धतिबाट प्रधानन्यायाधीश भएको हुँ । कसैले राजीनामा माग्दैमा र सडकबाट दबाब दिँदैमा मैले छोड्दिनँ । मलाई हटाउने हो भने संवैधानिक प्रक्रिया छ नै,’ उनले न्यायाधीशहरूसँग भने । 

उनले आफू संवैधानिकरुपमा नियुक्त भएको हुँदा संवैधानिक बाटोबाट मात्रै बाहिरिने बताएका छन।

Related News

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७८ कार्तिक ९, मंगलवार १६:१० गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ कार्तिक ९, मंगलवार १६:१० गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ कार्तिक ९, मंगलवार १६:१० गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

TOP